चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी « Khabarhub

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तराई – मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ । मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला–बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले केहीबेरमै मतदान सुरु हुनेछ । सिंहदरबार परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार भएको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको थियो ।

निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसकेका छन्। राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ–आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ । दोस्रो ठूलो शक्ति नेकपा (एमाले) पनि अङ्क गणितीय जोडघटाउका साथ सहकर्मी राजनीतिक दलसँग छलफल र परामर्शमा रहेको छ । नवनिर्वाचित सांसदको शपथको तयारी र सरकार गठनलगायतका कारण प्रमुख नेताहरूबीच हुने छलफल र भेटवार्ता तथा नवनिर्वाचित सांसदहरू आउने क्रम बढेकाले सिंहदरबार परिसरको सरगर्मी निकै बढेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका कार्यालय पनि यहीँ नै भएका कारण सिंहदरबार क्षेत्रमा आज बिहानदेखि चहलपहल र आवतजावत बढेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ०० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा