कांग्रेस र माओवादीले मात्रै गठबन्धन चल्दैन | Khabarhub Khabarhub

कांग्रेस र माओवादीले मात्रै गठबन्धन चल्दैन

‘आलोपालो नेतृत्व गर्नेगरी सरकार बनाउनुपर्छ’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अघिल्लो चुनाव (२०७४) मा भएको वाम गठबन्धन हुँदै माओवादी र एमाले मिलेर नेकपा बन्दा संसदमा दुई तिहाइको बहुमत एउटै कम्युनिस्ट पार्टीको थियो। तर त्यही बहुमतका प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपा छिन्नभिन्न भयो। अदालतले माओवादी र एमालेलाई अलगअलग पार्टी बनाइदियो। एमालेबाट माधव नेपाल र झलनाथ खनालको अगुवाइमा अलग भएको समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी बनायो। अहिलेको चुनावमा समाजवादी पार्टी सत्ता गठबन्धनसहित जनतासम्म पुग्यो। तर समाजवादी पार्टीले प्रत्यक्षतर्फ केही सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। एमालेभित्र ओलीको प्रतिगमनविरुद्धको लडाइँ, चुनावी नतिजा र सत्ता सहकार्यका विषयमा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

छुट्टै पार्टीको निर्माणले तपाईंहरुलाई अग्रगमनतर्फ लगेको छ कि कता ?
हाम्रो पार्टी भित्र धेरै अन्तर विरोध थिए। जब प्रतिनिधि सभाको विघटन संविधान विपरीत गरियो त्यसपछि समस्या सिर्जना हुँदै गयो। त्यसलाई हामीले यो पार्टीसँग मात्र जोडिएको नभएर आम जनताको न्यायको कुरा भन्दै अगाडि बढ्यौँ। हामी आन्दोलनमा उत्रियौँ। हामीले संविधानलाई जोगाउन जनताको हक, हित र लोकतन्त्रलाई जोगाउन पार्टी बनाउनु पर्ने अवस्था आयो। नेतृत्वले गल्ती स्वीकार गरेको भए पार्टी फुटाउनुपर्ने अवस्था सिर्जना हुने थिएन। हामी न्यायका लागि पार्टी फुटाउन बाध्य भयौँ।

छुट्टै पार्टीको निर्माणपछि तपाईंहरु दुई वटा निर्वाचनमा सहभागी हुनुभयो। आफ्नो पक्षमा कस्तो जनमत पाउनुभयो ?
दुई वटा चुनावमा यस पटक जनमत मापन गर्न गाह्रो भयो। किनभने हामी गठबन्धनबाट गयौँ। सबै दलको मत घटेको छ। नेपाली कांग्रेसको नै घटेको छ। त्यसमा पनि हामीले सोचेको जस्तो जनमत ल्याउन सकेनौँ।

यो अवस्थामा गठबन्धन अब कसरी अगाडि बढ्छ ?
गठबन्धन निर्माणमा हाम्रो योगदान छ। अहिले पनि हामी भएनौँ भने यो गठबन्धन नरहन सक्छ। अहिले कसैको कारणले गठबन्धन भत्काउन खोजिन्छ भने हामी सचेततापूर्वक एक हुनुपर्छ। अहिलेको गठबन्धन भनेको मुलुकको आवश्यकता पुरा गर्न आएको हो। आज मुलुकमा जे जति उपलब्धि आएका छन् ती यिनै दलहरू बाट भएको हो। अहिलेको गठबन्धनलाई जोगाएर जाने हाम्रो धारणा हो। यदि गठबन्धनमा बाहिर प्रतिपक्षमा बस्नु पर्दा पनि हामी तयार छौँ।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिमा जे कुराहरू आएका छन् त्यसले सरकार बनाउने भन्दा पनि सरकारमा कस्तो वर्चस्व कायम राख्ने भन्ने मोलमोलाइ भएन र ?
संविधानको रक्षा गर्नु पर्ने भनेको जनताको विषय हो। आजसम्म जे जति उपलब्धि भएका छन् सबै जनताको संघर्षबाट नै भएका हुन्। पदको भागबण्डामा मात्र यो कुरालाई जोड्नु हुँदैन।

कसको नेतृत्व भए तपाईंहरुलाई सहज हुन्छ ?
गठबन्धन भित्र सहमति भएर गर्दा हामीलाई सहज हुन्छ। दलका नेताहरू चयन गर्ने कार्य टुंगिसके पनि छलफल गरौला भनेर भनेका छौँ। हामीले नेताहरू चयन गरिसकेका छौँ। गठबन्धनमा चुनावपछि कसरी कसरी जाने भनेर सहमति भएको छैन। अब माओवादी र कांग्रेसले मात्र सहमति गरेर कुरा मिल्दैन। गठबन्धनमा सबै दलको समान भूमिका रहन्छ भनेर नै आएका छौँ।

अब सरकारको नेतृत्व गर्ने विषय कसरी टुंगिन्छ ?
एउटा मात्र दलको बहुमत नभएपछि सबै मिलेर जाँदा राम्रो हुन्छ। संविधानको रक्षाका लागि नेतृत्व मैले नै पाउनु पर्दछ भन्नु हुँदैन। आलोपालो गरेर जानु पर्दछ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ४६ बजे

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी