'कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो' | Khabarhub Khabarhub

‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भए पछि पत्रकारसँग उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिए।

‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’

उनले देउवाकै नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने संकेत पनि गरेका छन् । ‘उहाँकै नेतृत्वमा गठबन्धनको बहुमतको छेउमा छौँ। हाम्रो पार्टीका सांसद साथीहरु परिपक्व छन्। परिपक्व साथीहरु जनताबाट निर्वाचित भएर आएका हुन्’, उनले भने, ‘कांग्रेसले अनुभवी र जोड्ने नेतृत्वलाई निर्वाचित गरेको छ। कुरा होइन काम गर्ने नेतृत्वलाई चुनेको छ।’

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ०८ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न