अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर « Khabarhub

अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ ।

 ठूलोटारको चारैतिर एक सय पिल्लर गाड्ने कार्यक्रम अनुसार अहिले पिल्लर गाड्ने काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए। ‘जथाभावी रुपमा व्यक्तिगत प्रयोगका लागि सार्वजनिक जग्गा अतिक्रमण भएको छ, नीति तथा कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण गर्ने उल्लेख गरिएको छ’ उनले भने,–’अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गरी हरियाली सुन्दर सहर बनाउनेछौँ’।

लामो समयदेखि स्थानीय घरवालाले लैजान नदिएको बाटोको विवाद समाधान गर्दै अमिन लगेर सार्वजनिक जग्गा नापजाँच गरी ठूलोटारको चारैतर्फ जग्गा संरक्षण अभियान सुरु भएको वडाले जनाएको छ । ठूलोटार क्षेत्रमा रहेको ८४ रोपनी सार्वजनिक जग्गामध्ये करिब नौ रोपनी जग्गा अतिक्रमणमा परेको वडाध्यक्ष पोखरेलले बताए । रामपुर नगरपालिकासँग समन्वय गर्दै सार्वजनिक जग्गा संरक्षण तथा बालखेल संसार समितिले पनि दबाब दिँदै आएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले सूचनासमेत निकालेको थियो । 

राष्ट्रिय गौरवका आयोजनाबाट सञ्चालन भएका क्षेत्रबाट सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए। हाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत रामपुर– ५ स्थित मटेरी ठूलोटार र २ स्थित भलायटारमा विवादले काम ठप्प रहेको सडकमा सार्वजनिक जग्गा किटान गरी अहिले काम सुरु गरिएको नगर प्रमुख थापा बताउँछन्। सार्वजनिक जग्गा अतिक्रमण गरेर घर, भवन तथा विभिन्न संरचना बनाउने कार्य बढ्न थालेसँगै नगरले यसवर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिएर अगाडि बढेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ०८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको