अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर « Khabarhub

अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ ।

 ठूलोटारको चारैतिर एक सय पिल्लर गाड्ने कार्यक्रम अनुसार अहिले पिल्लर गाड्ने काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए। ‘जथाभावी रुपमा व्यक्तिगत प्रयोगका लागि सार्वजनिक जग्गा अतिक्रमण भएको छ, नीति तथा कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण गर्ने उल्लेख गरिएको छ’ उनले भने,–’अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गरी हरियाली सुन्दर सहर बनाउनेछौँ’।

लामो समयदेखि स्थानीय घरवालाले लैजान नदिएको बाटोको विवाद समाधान गर्दै अमिन लगेर सार्वजनिक जग्गा नापजाँच गरी ठूलोटारको चारैतर्फ जग्गा संरक्षण अभियान सुरु भएको वडाले जनाएको छ । ठूलोटार क्षेत्रमा रहेको ८४ रोपनी सार्वजनिक जग्गामध्ये करिब नौ रोपनी जग्गा अतिक्रमणमा परेको वडाध्यक्ष पोखरेलले बताए । रामपुर नगरपालिकासँग समन्वय गर्दै सार्वजनिक जग्गा संरक्षण तथा बालखेल संसार समितिले पनि दबाब दिँदै आएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले सूचनासमेत निकालेको थियो । 

राष्ट्रिय गौरवका आयोजनाबाट सञ्चालन भएका क्षेत्रबाट सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए। हाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत रामपुर– ५ स्थित मटेरी ठूलोटार र २ स्थित भलायटारमा विवादले काम ठप्प रहेको सडकमा सार्वजनिक जग्गा किटान गरी अहिले काम सुरु गरिएको नगर प्रमुख थापा बताउँछन्। सार्वजनिक जग्गा अतिक्रमण गरेर घर, भवन तथा विभिन्न संरचना बनाउने कार्य बढ्न थालेसँगै नगरले यसवर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिएर अगाडि बढेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ०८ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः