शुभम पावरको आइपिओ खुला « Khabarhub

शुभम पावरको आइपिओ खुला


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपी) बिक्री खुला गरेको हो । 

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ । 

निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गते देखि नौ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत शेयर खदिरको आवेदन दिन सकिन्छ । 

विदेशमा रोजगारी गरिरहेका नेपालीले विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ५४ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६