आगलागी भएको बाक्सिला बजार पुनः निर्माणमा हातेमालो | Khabarhub Khabarhub

आगलागी भएको बाक्सिला बजार पुनः निर्माणमा हातेमालो


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आगलागीमा ध्वस्त बनेको खोटाङको बाक्सिला बजारको पुनस्निर्माणका लागि अभियान थालिएको छ । सोमबार साँझ भएको आगलागीमा पाँच करोड बराबरको क्षती पुगेको बाक्सिला बजारको पुनः निर्माणका लागि पालिकाबासीले संयुक्त रुपमा हातेमालो गरेका हुन् ।

गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्नी पीडित राहत संकलन समिति बनाएर आगलागी पीडितको सहयोगार्थ अभियान थालिएको छ ।

आगलागीबाट घर तथा सम्पूर्ण धन सम्पत्ती गुमाएर विस्थापित भएका पीडितको सहयोगार्थ प्राप्त हुने रकमलाई एउटै खातामा जम्मा गर्ने र वितरण गर्नेगरी समिति बनाइएको हो । उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीको अगुवाईमा मंगलबार चार लाख ५५ हजार ९५ रुपैयाँ संकलन गरेर आगलागी पीडितलाई प्रदान गरिएको छ ।

घटना लगत्तै गाउँपालिका उपाध्यक्ष गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडितलाई आगलागी पीडित परिवारलाई लागि क्षतिपूर्ती उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । अग्नी पीडितको सहयोगार्थ गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले पनि एकरएक दिनको तलव दिने निर्णय गरेका छन् । यस्तै, गाउँपालिका अध्यक्ष समिर राईको संयोतकत्वको विपद व्यवस्थापन समितिले पनि आगलागी पीडितको राहतका लागि प्रदेश र संघीय सरकार तथा अन्य दाता समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजारमा आगलागी हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ । पाँच घर भगनावशेषमा परिणत भएको छ । घर भग्नावशेषमा परिणत भएपछि विस्थापित परिवार आफन्तकोमा आश्रय लिइरहेका छन् । सर्वस्व गुमेपछि आगलागी पीडितको उठिबास भएको छ । केही विस्थापितका लागि भग्नावशेष नजिकै टहरा बनाइएको छ ।

आगो निभाउने क्रममा काटिएका खानेपानीका पाइप जोडिएका छैनन् । पाँच घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य विग्रिएको छ । पालिकाको विपद व्यवस्थापन समितिबाट प्राप्त विवरणको आधारमा जिल्ला विपद व्यवस्थाप समितिमार्फत पनि गृह मन्त्रालयमा राहतका लागि सिफारिस गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताए ।

व्यवसायी डिल्लीकुमार श्रेष्ठको पसल सञ्चालन हुँदैआएको घर र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षती भएको छ । सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षती भएको छ । यस्तै, शुभराज राईको घरमा भाडामा बसिरहेका समिर राई ९गाउँपालिका अध्यक्ष०को कपडा, पुस्तक र किराना पसल तथा नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षती भएको छ ।

दीपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्न गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षती भएको प्रहरीले जनाएको छ ।

यस्तै, रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षती भएको छ । अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २७ बजे

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको

बागमती र कोशीमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार