मनाङमा सबैभन्दा कम मत बदर « Khabarhub

मनाङमा सबैभन्दा कम मत बदर


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनाङ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ ।मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो ।

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै ५.६५ र सबैभन्दा कम मनाङमा ०.३९ प्रतिशत बदर भएको छ ।समानुपातिकतर्फ भने धेरै अर्थात् ५.७३ प्रतिशत मत गोरखामा बदर भएको छ । थोरै अर्थात् ०.९५ प्रतिशत बदर मनाङमा भएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ४४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको