विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका « Khabarhub

विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । उक्त खेल फेब्रुअरी १९ मा अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।

तेस्रो खेलमा नेपालको भेट क्यानाडाविरुद्ध हुनेछ । उक्त खेल भने ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा हुन्छ ।

समूह ए को ग्रुप २ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमफाइनलका खेल फेब्रुअरी २२ मा हुने र फाइनल २४ तारिखमा हुने खेल तालिका छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु