विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो ।

अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ लाख ७ हजार ५ सय १२ जनाको मृत्यु भएको छ । त्यहाँ गत २४ घण्टामा मात्रै २ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि कोरोनाले मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा धेरै छ । ब्राजिलमा गत २४ घण्टामा ३ सय ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ६ लाख २२ हजार ६ सय ४७ पुगेको छ ।

ब्राजिलपछि सबैभन्दा बढी मृत्यु भएको भारतमा मृतकको संख्या ४ लाख ८ हजार ९ सय ११ पुगेको छ । भारतमा गत २४ घण्टामा ४ सय ८९ जनाको मृत्यु भएको छ ।

अहिले विश्वभर ३४ करोड ६६ लाखमा कोरोना पुष्टि हुँदा २७ करोड ६५ लाख निको भइसकेका छन् । अझै पनि ६ करोड ४४ लाख सक्रिय सङ्क्रमित रहँदा ९५ हजार ८ सय जनाको अवस्था भने जटिल रहेको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ५३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको