विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिए « Khabarhub

विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिए


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर थप ३६ लाख ३१ हजार भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३६ लाख ३१ हजार नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८५ हजार ३ सय ८१ पुगेको छ ।

यस्तै २४ घण्टामा १६ लाख ३५ हजार ५ सय ७६ जनाको निको भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख तीन हजार ३६ रहेको छ ।

अझै पनि विश्वभर ६ करोड ४६ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९५ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७ करोड १३ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लख निको भएका छन् । ८ लाख ७ हजारको भने मृत्यु भएको छ । अमेरिकामा गत २४ घण्टामा ७ लाख ६६ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख १ हजार निको भएका छन् । २ हजार ७ सय ७४ जनाको भने मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : २९ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती