गण्डकीमा मेडिकल कलेज सञ्चालनको तयारी « Khabarhub

गण्डकीमा मेडिकल कलेज सञ्चालनको तयारी


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो ।

‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरु मध्ये स्वास्थ्य प्रमुख हो, रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउदै लैजानुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

प्रस्तावित ठाउँमा ५ सय २९ रोपनी जमिन छ । सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ती प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ । कम्तिमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए ।

तर, प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव सुझाव छ । हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन् । ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए ।

समितिले सरुवा रोग अस्पताललाई ५ सय शैयाको अस्पताल बनाएर मेडिकल कलेजको रुपमा सञ्चालनको सुझाव दिएको छ ।

प्रारम्भिक अध्ययनका क्रममा तत्काल ३ सय ५० वेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मृगौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको संक्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव गरिएको छ । बाँकी ३ सय बेडमा विरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ । यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएको छ । अस्पताल सञ्चालनपछि वर्षेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : २१ बजे

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको