पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल « Khabarhub

पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

प्रचण्डको सचिवालय भन्छ- बालुवाटार बैठकको जानकारी छैन


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ। पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बैठकमा प्रचण्डसँगै पार्टी केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्य उपस्थित रहेका छन्। प्रचण्डले बैठकमा केन्द्रीय आयोगका अध्यक्ष र स्थायी समिति सदस्यसँग परामर्श गर्ने मल्ले बताए।

बैठकमा राष्ट्रियसभा तथा तीन तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल हुनेछ।

बालुवाटारमा बोलाइएको भनिएको सर्वदलीय बैठक स्थगित भएपछि माओवादी बैठक सुरु भएको हो। प्रधानमन्त्री देउवाको सचिवालयले सर्वदलीय बैठक बोलाएको भने पनि प्रचण्डका स्वीकय सचिव मल्ले त्यो विषयमा जानकारी प्राप्त नभएको बताए।

‘बालुवाटार बैठकको विषयमा हामीलाई जानकारी छैन’, मल्लले भने, ‘मिडियामा कसरी आयो हामीलाई थाहा भएन।’

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ४२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण