हुम्लामा साउनपछि पहिलो पटक कोरोना देखियो « Khabarhub

हुम्लामा साउनपछि पहिलो पटक कोरोना देखियो


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएको थियो । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण