कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण « Khabarhub

कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर एमाले जिल्ला कमिटीको भर्चुअल सपथ ग्रहण गरिएको छ ।

देशव्यापी रुपमा कोरोनाको ओमिक्रोम भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटब्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितिको अध्यक्ष मण्डल प्रमुख सुशीला नेपालले पदाधिकारीलाई सपथ ग्रहण गराएकी हुन् । शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले शुभकामना दिएका थिए ।

भर्चुअल कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रीय सदस्य बाबुराम थापा लगायतको सहभागिता थियो । पुसमा सुरु भएको एमाले ललितपुरको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए ।

अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्था तथा जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछि भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको एमालेले जनाएको छ ।

अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनमा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो ।

पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष आचार्यले बताए।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : १५ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार