दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता « Khabarhub

दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन् ।

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ । ‘उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौं’, उनले भने । बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : ४५ बजे

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र