तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने | Khabarhub Khabarhub

तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी)केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताए ।

‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ । निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने छ,’ उनले भने ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर शुक्रबारको गठबन्धनको बैठकमा भने उनको प्रस्तावमा छलफल भएन । स्थानीय तह निर्वाचन कहिले गर्ने तय गर्न कानुन विद्सँग परामर्श लिने निर्णय भएको थियो ।

यस्तै माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ । साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए ।

उनकाअनुसार बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि अध्ययन गरी सुझाव दिन पार्टीको आन्तरिक कार्यदल गठन गरिएको छ । यसअघि सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरिसकेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : ५५ बजे

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका संयोजक थापा

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिन भएकव प्रकरणमा

राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार दिएका छौँ : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी