थप सङ्कटमा श्रीलङ्का | Khabarhub Khabarhub

थप सङ्कटमा श्रीलङ्का



काठमाडौँ– बच्चा हेर्ने काम बाहेक मराम खालीफाका दिन आफ्नो श्रीमानका घरमा अभ्यस्त हुनुमै बित्ने गरेका छन् ।
खालीफाका श्रीमान् मानव अधिकारवादी अधिवक्ता हेजाज हिज्बुल्लाह सामाजिक सद्भाव बिथोलेको आरोपमा २० महिनादेखि जेलमा छन् । युवा मुस्लिमलाई क्रिस्चीयन समुदायको विरुद्धमा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई जेल चलान गरिएको हो ।
२०२१  को अप्रिलमा यो अभियोगको सामना गरेका अल्पसङ्ख्यक मुस्लिम समुदायका उनले यस अगाडी नै एक वर्ष जेल जीवन बिताइ सकेका छन् । यसै महिनाको अन्त्यमा उनको अर्को मुद्दाको सुनवाइ हुनेछ । “उनले मुस्लिम समुदायको हक हित र अधिकारका लागि अभिव्यक्ति दिएका हुन् । ”खालीफाले आफ्ना श्रीमान् माथि लागेको अभियोगको मतलब मानव अधिकारको पक्षमा र भेदभावको विपक्षमा बोल्नेहरूको विरुद्धमा नै चेतावनी भएको समेत बताएकी छन् ।
सन् २०१९ मा स्थानीय मुस्लिमहरूले गराएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई पहिलो पटक गिरफ्तार गरिएको हो । ठुला होटेल र चर्चलाई लक्षित गर्दै भएको सो विस्फोटमा २सय ६० जनाको ज्यान गएको थियो । यस आक्रमणमा संलग्न भएका एक जनासँग उनको सम्पर्क भएको कारण जनाउँदै उनलाई  दोषी ठहर गरिएको थियो । पछि उनका वकिलले ती आक्रमणकारीको बाबुको सम्पत्ति बाँडफाँडको सन्दर्भमा एउटा सामूहिक कार्यक्रममा भेटघाट भएको जनाए पछि हिज्बुल्लाह  जमानीमा छुटेका थिए ।
एमनेस्टी इन्टरनेशनलले सरकारको आलोचना गर्दै हिच्बुल्लाहलाई  “आस्थाको बन्दी” को रूपमा व्याख्या गरेको थियो ।
धेरै मानव अधिकारवादी सङ्गठनहरूले उनको गिरफ्तारी पछिल्ला वर्ष अल्पसङ्ख्यक समुदायको उत्पीडनको उदाहरण भएको प्रतिक्रिया दिन थालेका छन् । दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा १० प्रतिशत भन्दा कम मुस्लिम छन् । श्रीलङ्कामा सिंहालीज बुद्धिस्टको बाहुल्यता छ ।
तामिल पृथकतावादी समूहले गरेको तीन दशक लामो युद्धको समयमा मुस्लिमहरू सत्ताका सहयोगी थिए । सन् २००९ मा तामिलको पराजय पछि एकाएक सत्ताले मुस्लिमलाई गर्ने व्यवहारमा परिवर्तन भएको गुनासो मुस्लिम नेताहरूको छ ।
“इस्टर सन्डे ” आक्रमणको रूपमा चिनिएको त्यस ठुलो हमला भन्दा अघि सिंहालीजहरुले मुस्लिमहरूको घर र व्यवसायमा लक्षित गतिविधि  सिंहालीजहरुको रहने गरेको गुनासो मुस्लिम अधिकारवादी हरूको छ । इस्टर सन्डे आक्रमणलाई छायामा पार्ने किसिमको गतिविधि त्यस पछि पनि भएका थिए ।
त्यस घटनाको केही साता पनि नबित्दै सिंहालीज भिडले धेरै मुस्लिम सम्पत्ति र मस्जिदको तोडफोड गरेको थियो । यत्ति मात्र होइन ,सामाजिक सञ्जालमा पनि मुस्लिमका विरुद्धमा तथा नाम गालीका शब्दहरू सामान्य बनेका थिए । सिंहालीज कट्टरपन्थीहरूले इस्लामहरूको पसललाई बहिस्कार गर्ने सम्मका अभियान नै चलाए ।
रक्षा सचिवको रूपमा तामिल विरुद्धको युद्धको नेतृत्व गरेका वर्तमान राष्ट्रपति गोटबाया राजपाक्षे सन् २०१९ मा सत्तासीन भएका हुन् । राष्ट्रिय सुरक्षाको बलियो आधार भएको उनी सिंहलीज बुद्धिस्ट राष्ट्रवादीको साथमा राष्ट्रपति भएका हुन् । उनको चुनावी अभियान पनि बलियो श्रीलङ्काको  सुरक्षा नीति नै थियो । उनका दाजु महेन्द्र राजपाक्षेले सन् २०२० को संसदीय निर्वाचनमा सफलता पाए पछि श्रीलङ्काको राजनीतिमा राजपाक्षे परिवारको बलियो पकड बनेको छ ।
“उनीहरूको गतिविधि चुनावी राजनीति केन्द्रित छ । इस्लाम अतिवादीहरूको डर त्रासलाई नै उनीहरूले भोट कार्डको रूपमा प्रयोग गरेका छन् । आफूलाई इस्लाम विरोधी देखाएर मत बटुल्ने अभियानमा उनीहरू लागी परेका छन् ।”मुस्लिम काउन्सिल अफ श्रीलङ्काका हल्मी अहमद बताउँछन् ।
कोरोना महामारी कालमा पनि सरकारले अल्पसङ्ख्यक मुस्लिम र क्रिस्चीयनको शव उनीहरूलाई नदिएकोमा पनि इस्लामहरूमा सरकार प्रति आक्रोश बढेको छ । ती शवहरू उनीहरूकै धार्मिक संस्कार अनुसार गाड्नु पर्ने भए पनि सरकारले नै दाह संस्कार गरेको थियो ।
इस्लाम धर्म अनुसार शवको दाह संस्कारलाई वर्जित गरिएको छ । सो समयमा सरकारी अधिकारीहरूले शव  गोडेमा जमिन मुनीको पानीमा असर गर्ने जनाएका थिए ।
अल्पसङ्ख्यकहरू र मानव अधिकारवादी सङ्गठनको संयुक्त आवाज पछि गत वर्ष सरकारले पूर्वी श्रीलङ्कामा कोभिडबाट ज्यान गुमाउनेको शव गाड्ने ठाउँ बनाएको छ । सुरक्षा नीतिलाई ध्यानमा राख्दै बुर्का र सबै अनुहार ढाक्ने पोसाक वर्जित गर्ने कानुन ल्याउने तयारी गरेको सरकार गत वर्ष त्यसबाट पनि पछि हटेको थियो । एक मन्त्रीले भने यसलाई धार्मिक अतीबादको नमुना भनेर इङ्गित गरेका छन् ।
सरकारले राष्ट्रिय रूपमा शिक्षामा एकरूपता ल्याउनका लागि १ हजार इस्लाम विद्यालय बन्द गर्ने नीति पनि ल्याइ सकेको थियो । एक मानव अधिकारवादी अधिवक्ता भवानी फोन्से युद्ध सकिए पछि इस्लामहरूलाई सरकारले  नयाँ दुस्मनको रूपमा व्यवहार गरेको  प्रतिक्रिया दिन चाहन्छिन् । उनले धरै पटक इस्लाम समुदाय माथि आक्रमणको तयारी भएको दाबी गर्दै कनै पनि समय इस्लामहरू असुरक्षित हुने चिन्ता व्यक्त गर्छिन् ।
इस्लाम समुदायलाई भेदभाव मूलक व्यवहार गरेको कुरा सरकारले भने अस्वीकार गर्दै आएको छ । श्रीलङ्काका सूचना विभागका महा निर्देशक मोहन सवरनायके कुनै समुदाय माथि भेदभाव गर्ने संस्थागत नीति नभए पनि कुनै समूहको व्यवहार अस्वाभाविक हुने गरेको भने स्वीकार गर्छन् । यस्ता भेदभाव जन्य व्यवहार कतिपय स्थानमा सिंहालीज समुदायले नै गरेका छन् ।
इस्टर सन्डेको घटना पछि भएको छानबिनमा धेरै इस्लाम शिक्षालयले अतिवादी धारणाको विकास गरेको पाइएकाले सरकारले मदरसालाई बन्द गर्ने नीति लिएको पनि उनले बताएका छन् ।
अहिले सरकारले पनि पोसाकमा एकबद्धताको नियम ल्याए पछि यो निर्णय विवादमा परेको छ । राष्ट्रपति राजपाक्षेले एक स्थान एक पोसाकको नीति लिएका छन्  । यसले अल्पसङ्ख्यक माथि अन्याय हुने जिकिर इस्लामहरूले गरेका छन् ।
त्यसो त सरकारले बहु सङ्ख्यक सिंहालीजहरुको अनुकूल कानुन ल्याउन लागेको आरोप अल्पसङ्ख्यक इस्लामले लगाए पनि सबै बौद्धीस्ट पनि यसबाट खुसी छैनन् । त्यहाँ बौद्ध भिक्षु गालागोडा एथाने गन्सारा थेरो इस्लाम विरोधी अभियानको विरुद्धमा बोलेको कारण नै धेरै पटक विवादमा आएका थिए ।
उनको विचारमा श्रीलङ्कामा ५ सय भन्दा बढी समूहका क्रिस्चीयनहरु छन् । उनीहरूको चासो नै श्रीलङ्कामा धार्मिक सङ्कट ल्याउने हो  । केही इस्लामिक समूहले देशका युवाहरूलाई गलत रूपले प्रयोग गरी रहेको आरोप पनि उनले लगाए । उनकै अनुसार त क्रिस्चीयनकै कारण सबै इस्लाम प्रति कतिपयको घृणा बढेको छ र समाजमा समस्या उत्पन्न भएको छ ।
अहिले श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा फसेको छ । चीनसँग लिएको ऋणको कारण यो देशको अवस्था कस्तो हुने भन्ने चिन्ता  सरकार र आम नागरिकमा देखिन थालेको छ । गरिबी  त त्यहाँको पर्याय बन्न थालेको छ । गएको एक वर्षमा अति आवश्यक बस्तुको  मूल्यमा ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यी समस्याका बिच सरकार बहुसङ्ख्यक सिंहालीजकै माझमा अलोकप्रिय बनेको छ ।
अहिले धेरै इस्लाम धर्मावलम्बी पनि धार्मिक विषय भन्दा धेरै जनजीवनका कुरामा चासो दिन थालको छन् । उनीहरूका लागि पनि अहिले बाच्नु नै प्रमुख हुन थालेको छ ।
कनै समय राष्ट्रको सुरक्षा नीतिलाई बलियो बनाउने भन्दै सत्तासीन भएको राजपाक्षे परिवारका लागि अहिलेको  अवस्था धेरै कठिन बनेको छ । चीनसँग लिएको ऋणको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आलोचना बनेको यो देशका महत्त्वपूर्ण प्राकृतिक श्रोत पनि गुम्ने जोखिम बढेको छ ।
गरिबी, गलत वैदेशिक नीति, देशमा धार्मिक सम्प्रदाय माथि भएको भेदभावको आक्रोश लगायत विषयले श्रीलङ्का एक पछि अर्को सङ्कट भोगी रहेको छ । तीन दशकको गृह युद्धको चपेटामा परेको यो देश फेरी एक पटक गम्भीर सङ्कटमा फसेको छ ।
एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : १६ बजे

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी

प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

अत्तरिया – कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’