दक्ष जनशक्ति नहुँदा आइसीयू सञ्चालनमा समस्या « Khabarhub

दक्ष जनशक्ति नहुँदा आइसीयू सञ्चालनमा समस्या


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयू शैय्या ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएको छ ।

कोरोना महामारीको दोस्रो भेरियन्टका बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्ति नहुँदा उक्त शैय्या सञ्चालनमा ल्याउन नसकिएको हो ।

कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार नपाएर ज्यान गुमाएका थिए ।

श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

यता जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आइसीयू शैय्या जडानकार्य सम्पन्न भएको छ । पुसको पहिलो सातामात्रै जडान कार्य गरिएको डा. खड्काले बताए ।

जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आइसीयू शैय्या सञ्चालन गर्न तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसीयू शैय्या सञ्चालनका लागि डा. खड्का र नर्स साधना खड्कालाई तालिम दिइएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताए ।

आगामी दिनमा जटिल तथा आइसीयूमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा.कोइरालाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई