जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दु:ख दिएको आरोप « Khabarhub

जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दु:ख दिएको आरोप


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दिने सेवा प्रवाहको कामलाई लिएर नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाईले प्रेस विज्ञप्ति जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले फौजदारी मुद्दाको समयमै दर्ता नगर्नुका साथै न्यायको खोजीमा पुगेका दुर्गम जिल्लाका अबुझ नागरिकलाई उल्टै दुःख दिएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो ।

नागरिकलाई ससाना कुरादेखि गम्भीर अपराधका घट्नालाई दुःख दिने गरेको आरोप लगाउँदै इकाई बारले विज्ञप्ति निकालेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाले पीडकलाई संरक्षण गर्दै पीडितलाई थप दुःख दिइरहेको विज्ञप्तिमा भनिएको छ ।

सरकारवादी फौजदारी मुद्दाको प्रवेशद्वार मानिने जिल्ला प्रहरी कार्यालय हुम्लाले न्यायको प्रस्थान गर्ने द्वार बन्द गरेका व्याप्त, अव्याप्त घट्नाले हुम्ली समाजमा न्यायको मार्ग अवरुद्ध भई कानुनी समाजको स्थापनामा हुन नसकी नेपालको संविधानको मर्म विपरीत हुने गरी समग्र कानुनी राज्यको उपेक्षा गरेको देखिएको इकाई बार हुम्लाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले जाहेरी दरखास्त दर्ता नगर्ने जबरजस्ती करणीका मुद्दालगायतमा जघन्य अपराधअन्तर्गतका मुद्दाको अभियोग दर्ता नगर्न प्रेरित गर्ने, चल्छ, चल्दैन, ठहर्छ, ठहर्दैन भन्ने जस्ता कुरासमेतको निर्णय आफै गरी ठहर्ने मुद्दामा पनि पीडित पक्षलाई धम्काएर मिलाउनका लागि प्रहरी कार्यालयका प्रमुख नै अनुचित प्रभावमा परी जिल्ला प्रहरी कार्यालयको अकर्मण्यताका कारण शक्ति पृथविकरणको सिद्धान्तलाई समेत प्रभावित पारी सर्वसाधारणलाई न्यायको पहुँचबाट अवरुद्ध बनाएको अवस्था देखिएको बार इकाई हुम्लाको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सर्वसाधारणहरूको न्यायमा पहुँच पुर्‍याउन भूमिका निर्वाह गर्ने कानुन व्यवसायीले पीडितका हक अधिकार सुनिश्चित गर्न उनीहरूको समस्यालाई प्रतिनिधित्व गर्दै प्रहरी कार्यालयमा जाँदा हप्काई दप्काई अपमानजनक व्यवहारको सामना गर्नुपर्ने परिस्थिति सिर्जना भएको हुँदा अन्य सर्वसाधारण न्यायको लागि सो ठाउँ जाने र बोल्ने अवस्था रहन नसकेको भन्दै जिल्ला अदालत बार इकाई विज्ञप्ति निकालेको बारका सचिव राजन चन्दले बताए ।

कानुनी सचेतनाको अभियन्ताका रूपमा स्थापित हुम्ला बार इकाई र सोसँग आबद्ध कानुन व्यवसायीको तेजोवध गर्ने गरेको कारणबाट हुम्ली समाजको न्यायमा पहुँच अवरुद्ध भएको छ । अपराध पीडितका अधिकारलाई संरक्षित गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रवेश गर्ने मूल द्वारको दायाँ बायाँ अपराध पीडितका अधिकार लामो सूचीको बोड्ले जिल्ला प्रहरी कार्यालय स्वयंलाई गिज्याई रहेको अनुभूति जो कोहीले गर्न सक्ने विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अकर्मण्यताले उन्मत्त पदाधिकार व्यक्तिलाई कानुनी दायरामा ल्याउन र हुम्ली समाजले न्यायको पहुँचको अवधारण साकार भएको महसुस गर्न पाउने वातावरण सृजना गरी कानुनी राज्यको अवधारण अन्तर्गत कानुनी समाजको स्थापनाको लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ ।

हुम्ला जिल्ला बार इकाईको अध्यक्ष मंगल बहादुर शाहीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो । यस्तै नेपाल बार एसोसिएसन काठमाडौं, प्रहरी प्रधान कार्यालय काठमाडौं नक्साल र प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बोधार्थ गरिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : १६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई