प्रदेश नं. १ मा ७०२ मा कोरोना संक्रमण « Khabarhub

प्रदेश नं. १ मा ७०२ मा कोरोना संक्रमण


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २१९, सुन्दरहरैंचा र स्थानीय तह नखुलेका तीन–तीन, कटहरीमा दुई र रङ्गेलीमा एक, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका दुई–दुई, बर्जु, दुहवी र देवानगञ्जमा एक–एक, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा चार–चार, मेचीनगरमा दुई, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका पाँच जना रहेका मन्त्रालयले जनाएको छ ।

यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास र स्थानीय तह नखुलेका एक–एक, इलामको इलाम नगरपालिकामा तीन, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका एक–एक, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण देखिएकोे छ ।

प्रदेशमा आज २९ महिलासहित ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई पुरुषको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पाँच हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ३९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर