प्रदेश नं. १ मा ७०२ मा कोरोना संक्रमण « Khabarhub

प्रदेश नं. १ मा ७०२ मा कोरोना संक्रमण


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २१९, सुन्दरहरैंचा र स्थानीय तह नखुलेका तीन–तीन, कटहरीमा दुई र रङ्गेलीमा एक, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका दुई–दुई, बर्जु, दुहवी र देवानगञ्जमा एक–एक, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा चार–चार, मेचीनगरमा दुई, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका पाँच जना रहेका मन्त्रालयले जनाएको छ ।

यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास र स्थानीय तह नखुलेका एक–एक, इलामको इलाम नगरपालिकामा तीन, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका एक–एक, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण देखिएकोे छ ।

प्रदेशमा आज २९ महिलासहित ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई पुरुषको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पाँच हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ३९ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट