जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने « Khabarhub

जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ। कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन्।

हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखितरूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्यरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय लिएकी हुन्।

निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो।

जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ।

जिल्लामा उपलब्ध कार्यालय प्रमुखको छलफलमा सहभागिता थियो। प्रजिअ परियार सोमबार हुम्ला पुगेकी हुन्।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ३७ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।