उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही « Khabarhub

उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ०० बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको