सोलेडाँडाको सहिदोद्यान अधुरै « Khabarhub

सोलेडाँडाको सहिदोद्यान अधुरै


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ–यहाँको पर्यटकीयस्थल सोलेडाँडामा दुई वर्षअघि निर्माण थालिएको सहिदोद्यान अझै अधुरै छ । तमानखोला गाउँपालिका–४ मा बन्ने सो उद्यानको काम गत वर्ष नै सक्ने लक्ष्य थियो । बजेट भएर पनि कामले गति लिन नसकेको वडाध्यक्ष उदीमबहादुर छन्त्यालले बताए ।

पहिलो वर्ष गाउँपालिकाको रु पाँच लाख बजेटबाट उद्यानका लागि जग्गा छनोट, घेराबार र विश्रामस्थल बनाइएको थियो । गत आवमा छुट्टिएको रु सात लाख बजेटबाट खासै काम हुने सकेन । शालिक निर्माण, उपभोक्ता समिति गठन आदिमा भएको ढिलाइले एक वर्ष उद्यानको काम रोकिएको वडाध्यक्ष छन्त्यालको भनाइ छ ।

सहिदको शालिक बनाउन पैसा खर्च हुने भएपछि स्थलको अरु काम अघि नबढेको उनले बताए । चालु आवमा पनि सहिदोद्यानका नाममा रु १० लाख बजेट छ । ‘केही दिनभित्रैमा उपभोक्ता समिति बनाएर योजना अघि बढाउँछौँ’, वडाध्यक्ष छन्त्यालले भने, ‘अब शालिक राख्ने र बगैँचा निर्माणको काम हुन्छ ।’

सोलेडाँडामा नयाँ आकर्षण थप्न गाउँपालिकाले सहिदोद्यानको योजना ल्याएको थियो । उद्यानमा सहिद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्दसहित विगतको माओवादी जनयुद्धमा तमानखोलाबाट सहादत प्राप्त गर्नेहरूको शालिक राखिने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

‘पाँचवटा शालिक तयार भए, अरु बन्दैछन्, यो वर्षभित्र उद्यान निर्माण हुन्छ, अब ढिलासुस्ती हुँदैन’, अध्यक्ष बुढाले भने, ‘सहिदोद्यानसँगै सोलेडाँडाको पर्यटन विकास गाउँपालिकाको प्राथमिकतामा छ, पूर्वाधार निर्माणमा लगानी थपिँदै जान्छ ।’ उनले गत वर्षको रु सात लाख बजेटमध्ये रु तीन लाख ५० हजार शालिक बनाउँदा लागे पनि अरु पैसा खर्च नभएको स्पष्ट पारे । बाँकी बजेटमा यो वर्षको समेत थपेर उद्यानको कामलाई अघि बढाउन लागिएको हो । उपभोक्ता समिति बनाएर छिटो काम थाल्न गाउँपालिकाले वडाध्यक्षलाईसमेत आग्रह गरेको छ ।

उद्यान वरपर पर्यटनमैत्री हिसाबले संरचना बनाउने गाउँपालिकाको तयारी छ । पूर्वाधार खडा गर्दा स्थानीय स्रोत र सीपको प्रयोग गरिने जनाइएको छ । देश र जनताका पक्षमा जीवनोत्सर्ग गर्ने सहिदहरूको सम्मानमा उद्यान बनाउन लागिएको अध्यक्ष बुढाको भनाइ छ । उनले सोलेडाँडाको पर्यटकीय महत्वलाई सहिदोद्यानले थप उजार गर्ने उल्लेख गरे । २६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । म्याग्दीको मालिका गाउँपालिकाको सीमासँग जोडिएको सोलेडाँडा हिमशृङ्खला र सूर्योदय–सूर्यास्त अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

चैत–वैशाखमा ढकमक्क गुराँस फुल्दा त्यहाँको सौन्दर्य अझ खुल्छ । सडकको पहुँचले सोलेडाँडाको आउजाउ पनि सजिलो छ । पदयात्रा, वनभोज, रात्रि ‘क्याम्प’ आदिका लागि पनि आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । गाउँपालिकाले काठेखोला गाउँपालिकाको घोडाबाँधे हुँदै ताराखोला गाउँपालिकाको डुडेलेक–सोलेडाँडा–बयलीको धुरी–पुथाले खोलेको ताल–मालिका–नौडल्ले हुँदै ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययनसमेत थालेको छ ।

सोलेडाँडामा पर्यटक तान्न सहज यातायात, व्यवस्थित पदमार्ग, सुविधायुक्त होटल, घरबासजस्ता पर्यटकीय पूर्वाधारको भने खाँचो छ । बागलुङ सदरमुकामदेखि ११५ किमीको मोटर यात्रापछि सोलेडाँडा पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनी बजारदेखिको दूरी अझै कम पर्छ । सोलेडाँडा पुग्दा नजिकैको लाममेला र तमान गाउँलाई पनि गन्तव्यका रूपमा रोज्न सकिन्छ । लामो पदयात्रा रुचाउने पर्यटकले सोलेडाँडा हुँदै ढोरपाटनसम्मको यात्रा तय गर्न सक्छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ३० बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको