देउवालाई ओलीको सन्देशः ‘सरकार ढाल्दैनौँ, अन्य दलसँग गठबन्धन पनि गर्दैनौँ’ « Khabarhub

देउवालाई ओलीको सन्देशः ‘सरकार ढाल्दैनौँ, अन्य दलसँग गठबन्धन पनि गर्दैनौँ’


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए ।

गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपीशर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत् वा आफैँ पुगेर प्रयास जारी राखेका छन् ।

केही दिनअघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोटनिकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ’ बालकोट निकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’

देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइनजिक पु¥याउने जिम्मा आफूहरूको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पु¥याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पु¥याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ३३ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर