आज २०७८ साल चैत ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत ८ गते मंगलबारको राशिफल


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल ८ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ चैत ८ गते मंगलबार

मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। आफूले गर्दै आएको दैनिकीमा केहीकमी हुँदैन। अरु क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रको लगानीबाट निकै राम्रो उन्नति हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।

वृष : दिन सामान्य राम्रो छ। सोचेर मात्र बोल्नुहोला। परिवारसँगको सल्लाहमा गरिएको कामबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मानसम्मान मिल्नेछ। शत्रु नाश हुनेछ। रोगको प्रकोप बढ्ने भएकाले सचेत हुनुपर्नेछ। कर्मभूमिमा संघर्ष गर्नुहोला। गणेश भगवानको स्मरण गनुर्् राम्रो हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। भगवान शिवको स्मरण गरेर थालेको काममा फाइदा हुनेछ। मानसम्मान बढ्नेछ। अरु क्षेत्र सामान्य भएपनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। उन्नति हुनेदिन छ। प्रेममा विछोड हुने देखिन्छ। अन्य दैनिकी यथावत रहनेछ। काम गर्दा विचार पुर्याएर गर्नुहोला। अन्त्यावश्यक नभए नयाँ काम नथाल्नुहोला।

कन्या : दिन सामान्य राम्रो छ। पुरानो लगानी उठ्ने सम्भावना छ। अन्य क्षेत्रहरु यथावत रहेपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो प्रगति हुनेछ। प्रेममा सफलता मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। खर्च थपिनेछ। मानसम्मान प्राप्त हुनेछ। स्वस्थ्यमा समस्या आउनेछ। पठनपाठनमा रुची बढ्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धामा भाग लिएको भए राम्रो अंकले उत्तिर्ण भइनेछ। वादविवाद हुनेछ। बोल्दा ख्याल गरेको राम्रो।

धनु : सम्पत्तिमा घाटा, शुभकार्यमा बाधा हुनेछ। वैदेशिक क्षेत्रमा भने उन्नति हुनेछ।

मकर : दिन त्यत्ति राम्रो छैन। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोल्दा समाजलाई हित हुने कुरा बोल्नुहोला। स्वास्थ्यमा समस्या आउनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम बढ्नेछ।

मिन :दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। राजनीतिमा अघि बढ्नुहोला। विदेश जाने सोच त्यागेर स्वदेशमै लगानी गर्नु उपयुक्त हुनेछ। दाम्यत्य जीवन सुमधुर हुनेछ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : २८ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले