जलभण्डार र पानीको गुणस्तरको संरक्षण गरौँ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

जलभण्डार र पानीको गुणस्तरको संरक्षण गरौँ : प्रधानमन्त्री देउवा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

‘भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धन गरौँ’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिँदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका छन् । संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उनले बताए ।

प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले मुलुकमा सङ्घीय शासन व्यवस्था लागू भएपश्चात् एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको अवगत गराएका छन् । उनले विश्व पानी दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्न अभिप्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : १८ बजे

काठमाडौंबाट २४ जनासहित १४३ सवारीसाधन नियन्त्रण

काठमाडौं– काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा

सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

 काठमाडौं–  युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।  जारी

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

एजेन्सी – यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने

होलीको रमझममा झुम्दै दरबारमार्ग (तस्बिरहरू)

काठमाडौं– देशका पहाडी जिल्ला र उपत्यकामा बिहीबार धुमधामसँग होली पर्व