ओलीले दिक्तेलमा १९ चैतमा चुनावी सभालाई सम्बोधन गर्ने  « Khabarhub

ओलीले दिक्तेलमा १९ चैतमा चुनावी सभालाई सम्बोधन गर्ने 


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत् चुनावी सभाका लागि नौ समिति गठन गरेको छ ।

आगामी १९ चैतमा दिक्तेल बजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

५ चैतमा बसेको एमाले जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले जनसभालाई बृहत् बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ ।

एमाले अध्यक्ष ओली हेलिकोप्टरमार्फत हलेसी आउने, गाडीमार्फत हलेसी दर्शन/घुमफिर गर्ने र दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।

एमालेले एक महिने अभियान सञ्चालन गर्ने 

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भलाई लिएर एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष दंगालले जानकारी दिए ।

‘मेरो पार्टी म आफै बनाउँछु, मेरो वडा म जिताउँछु’ कार्यशालापछि सबै कमिटीलाई परिचालन गर्ने र जनतामा पुगेर योजना बनाउने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ४० बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर