तातोपानी जोड्ने सडक कालोपत्र सुरु | Khabarhub Khabarhub

तातोपानी जोड्ने सडक कालोपत्र सुरु


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए । ‘प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्र हुन्छ’, उनले भने, ‘बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको छ ।’

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताए।

‘कालोपत्रका लागि आवश्यक सबै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौँ’, उनले भने, ‘मौसमले साथ दिने हो भने चैतभित्र कालोपत्र सकिन्छ । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक १०० मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ ।’

आयोजना व्यवस्थापक सदाले काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन नसकेको गुनासो गर्नुभयो । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले बताए । यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।

म्याग्दीको ‘लाइफ लाइन’मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा-क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताए।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३० बजे

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

डडेल्धुरा– डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको

त्रिपुरा सुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू) 

काठमाडौं– एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छयाप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा

महाभारत लीला : ५० हजार प्रतिस्पर्धीबाट छानिएका थिए श्रीकृष्ण, वास्तविक जीवनमै लखेटिन्छन् शकुनी

महाभारत र रामायण टेलिसिरियल यो शताब्दीमा मानिसले मानिसलाई दिएको अमूल्य

लिम्बूको पिरती गाँस्ने माध्यम : यालाङ र पालाम

याक्थुङ लिम्बूहरू विभिन्न चाडपर्व, उत्सव, दुःख तथा सुख सबैमा रङ्गरस

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

रौतहट – रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकलसहित ३ जना