राजर्षि जनक कप : सुदूरपश्चिम सेमिफाइनलमा « Khabarhub

राजर्षि जनक कप : सुदूरपश्चिम सेमिफाइनलमा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ट्राइब्रेकरमा गोल किपर चम्किँदा सुदूरपश्चिम-११ सर्लाहीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका-११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम-११ ले ट्राइब्रेकरमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । खेल अवधिभर दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सुदूरपश्चिमले पुलिसलाई ७-६ गोल अन्तरले पराजित गरेको हो ।

ट्राइब्रेकरमा सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्ध नायक सावित भए । गोल किपर आकाशले पुलिसका खेलाडी भोलानाथ सिलवाल र राम बाजीको पेनाल्टी रोकिदिएका थिए । आकाश आफैले प्रहार गरेको पेनाल्टी सहजै गोलमा परीणत गरे । दुबै टोलीले ५-५ पटकको पेनाल्टी प्रहार गर्दा ४-४ गोलको बराबरी भयो । त्यसपछि फेरि थप ३-३ पेनाल्टी प्रहार गरे । अन्तत: ट्राइब्रेकरमा ७-६ को नतिजा पुलिसले सुदूरपश्चिमलाई सुम्पिन बाध्य भयो ।

आकाश म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा ९ चैतको अन्तिम क्वाटरफाइन खेलको विजेतासँग भेट पक्का गरेको हो । अन्तिम क्वाटरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज आयोजक बागमती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यस पहिलाको खेलमा केबिए ग्लोवल बिएफसी चितवनलाई पराजित गर्दै न्युरोड टिम एनआरटीले बागमती सँगको भेट पक्का गरेको हो ।

यस प्रतियोगिताको विजेता टिमले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले ५ लाख १ सय र शिल्ड प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

एजेन्सी– हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि