‘ह्रस्व–दीर्घ’ फिल्म हिन्दीमा पनि, निर्देशनको जिम्मा पन्तलाई « Khabarhub

‘ह्रस्व–दीर्घ’ फिल्म हिन्दीमा पनि, निर्देशनको जिम्मा पन्तलाई


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री नीता ढुङ्गाना हाल एउटा नयाँ म्युजिक भिडियोको निर्देशन गरिरहेकी छन् ।

ज्योतिषी हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छन् । ‘ह्रस्व–दीर्घ’ शीर्षक राखेर फिल्म निर्माण गर्ने तयारीमा रहेकी नीताले निर्देशन पनि आफैँ गर्ने चर्चा केही दिन चल्यो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको थियो ।

यद्यपि उनले निर्देशनबाट आफूलाई अलग राख्ने निर्णय गरेकी छन् । नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सीमित रहन चाहेपछि फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् । उनले केही दिन अगाडी फिल्म निर्देशन गर्ने सम्झौता गरेसँगै अमेरिका पुगेका छन् । ‘फिल्म निर्देशनको लागि एक हप्ता अगाडी नै साइन (हस्ताक्षर) गरेको हुँ’ निर्देशक पन्तले भने । राम्रो परिश्रमिक भन्दा पनि प्राविधिक रूपमा अब्बल फिल्म बनाउने दायित्वका साथ जिम्मेवारी सम्हालेको बताए ।

‘फिल्मको विषयवस्तुलाई लिएर म निकै विश्वस्त छु । फिल्ममा नेपालसँगै भारतका कलाकार र प्राविधिकहरूले काम गर्दैछन्’ निर्देशक पन्तले भने । उनले फिल्मको लागत नै ८ करोडको हाराहारीमा हुने र नेपालीसँगै हिन्दी भाषामा समेत छायांकन हुने बताए । ‘फिल्ममा हुने कलाकारहरू चिनाउनु नपर्ने नै हुन्छन्, भारतीय केही प्रोडक्सन हाउस र ओटीटी कम्पनीसँग पनि लगानीका लागि छलफल भइरहेको छ’निर्देशक पन्तले थपे ।

नीताको निर्मात्रीको रूपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रित हुने निर्णय लिएकी हुन् । ८५ दिनसम्मको सुटिङ सेड्यूअल रहने फिल्म ‘ह्रस्व–दीर्घ’ मा भारतीय कम्पनीबाट प्राविधिकहरु ल्याइने निर्माण कम्पनीको भनाइ छ ।नयाँ फिल्मको छायांकन भने दसैँ पछि हुनेछ ।

यो फिल्मको छायाँकारको रूपमा सञ्जय लामा रहने पक्का भएको छ भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ। नीताले यसअघि पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरिसकेकी छन्। फिल्म हिन्दी भाषामा अर्कै नाममा आउने छ ।

‘हामीले छायांकन पनि नेपालसँगै भारतको बनारसीका केही स्थान र युरोपमा गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने। पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा समेत सक्रिय निर्देशक पन्तले नेपाली फिल्मको बजार विस्तारका लागि पनि आफ्नो टिम स्तरीय फिल्म तयार गर्न तत्पर रहेको बताए । उनले हाल भोजपुरी फिल्म ’माही’ को काम पनि भइरहेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ३३ बजे

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२