आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा « Khabarhub

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् ।

देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र परेको भन्दै चार वर्षपछि यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि उनीसँगै हारगुहार मागिएको छ । साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सोमबार आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासमक्ष कांग्रेस प्रदेश १ का महामन्त्री एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अलपत्र पुलको यथाशीघ्र काम सम्पन्न गराउन लिखित माग राखेका छन् । ‘स्मरण गराउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीकै बाहुलीबाट २०७४ सालमा दुई पुल शिलान्यास भएको थियो । त्यो अहिलेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन,’ मागपत्रमा भनिएको छ, ‘त्यी पुलहरूलाई यथाशीघ्र सम्पन्न गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’

कांग्रेस प्रदेश महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहालेबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न, गाईघाट-दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटारमा १० वर्षअघि टेन्डर भएको पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाउन माग राखेका छन् । यस्तै, म्याद गुज्रिसकेको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी सम्पन्न गर्ने वातावरण मिलाउन, खोटाङका विद्युतीकरण हुन बाँकी क्षेत्रमा यथाशीघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

गाउँपालिका अध्यक्षसमेत रहेका राईले हालसम्म खोटाङका नागरिकले अहिलेसम्म सरकारको अनुभूति गर्न नपाएको प्रधानमन्त्री देउवालाई गुनासो सुनाएका छन् । ‘देशमा धेरै प्रकारका सरकार बन्यो तर खोटाङ जिल्लाको लागि बनेन् । खोटांगे नागरिकले त्यसको अनुभूति गर्न पाएनन् । सरकार र व्यवस्था बदलिइरह्यो तर खोटाङका नागरिकको दुःख-सुख कहिल्यै बदलिएन,’ उनले भने, ‘जिल्लाका नागरिक अहिले पनि दुःखको जीवन जिउन बाध्य छन् । सुख के हो थाहा छैन । विकास नहुँदा सडक, बिजुली, अस्पताल र शिक्षाको खोजी गर्दै वर्षेनी ठूलो संख्यामा हाम्रा नागरिक बसाई जान बाध्य छन् ।’

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ५३ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन