अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय « Khabarhub

अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको अभियोगमा अष्ट्रेलियामा एक जना नेपालीलाई झण्डै ४ वर्षको जेल सजाय सुनाइएको छ ।

अष्ट्रेलियाका भिक्टोरिया काउन्टी अदालतले भरत केसी नाम गरेका एकजना नेपालीले हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको भन्दै उनलाई ४६ महिनाको जेल सजाय सुनाएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएको छ ।

उनले डेढ वर्ष प्रहरी हिरासतमा बिताइसकेको र बाँकी सजाय काट्नका लागि उनलाई कारागार चलान गरिएको छ । उनको अपराधका कारण धेरै परिवार प्रभावित भएको र उनले धेरैपटक एउटै अपराध दोहोर्‍याएकाले समाजमा थप खतरा हुनबाट रोक्न यस्तो फैसला सुनाइएको अदालतको भनाइ छ ।

फैसलाका क्रममा एक पीडितले आगामी ६ महिनाभित्र क्षतिपुर्ति रकम दाबी गरिएको बताएका छन् । उनको ठगीमा पर्ने अधिकांश विद्यार्थीहरू छन् । कतिपयको ३० हजार डलरभन्दा धेरै ठगी गरिएको बताइएको छ ।

झण्डै दुई वर्षअघि अष्ट्रेलियामा नेपाली समुदायका सदस्य र सञ्चारकर्मीको रोहबरमा उनले ठगी गरेको रकम फिर्ता गर्ने र आइन्दा यस्तो काम नगर्ने लिखित बाचा गरेपनि उनले ठगी धन्दा भने छाडेका थिएनन् ।

अष्ट्रेलियाको कानूनअनुसार एक वर्षभन्दा धेरै जेल सजाय दिइएका व्यक्तिलाई देश निकाला गर्ने प्रावधान छ । यसका लागि अध्यागमन निकायलाई समेत सूचित गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : २४ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु