अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय | Khabarhub Khabarhub

अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको अभियोगमा अष्ट्रेलियामा एक जना नेपालीलाई झण्डै ४ वर्षको जेल सजाय सुनाइएको छ ।

अष्ट्रेलियाका भिक्टोरिया काउन्टी अदालतले भरत केसी नाम गरेका एकजना नेपालीले हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको भन्दै उनलाई ४६ महिनाको जेल सजाय सुनाएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएको छ ।

उनले डेढ वर्ष प्रहरी हिरासतमा बिताइसकेको र बाँकी सजाय काट्नका लागि उनलाई कारागार चलान गरिएको छ । उनको अपराधका कारण धेरै परिवार प्रभावित भएको र उनले धेरैपटक एउटै अपराध दोहोर्‍याएकाले समाजमा थप खतरा हुनबाट रोक्न यस्तो फैसला सुनाइएको अदालतको भनाइ छ ।

फैसलाका क्रममा एक पीडितले आगामी ६ महिनाभित्र क्षतिपुर्ति रकम दाबी गरिएको बताएका छन् । उनको ठगीमा पर्ने अधिकांश विद्यार्थीहरू छन् । कतिपयको ३० हजार डलरभन्दा धेरै ठगी गरिएको बताइएको छ ।

झण्डै दुई वर्षअघि अष्ट्रेलियामा नेपाली समुदायका सदस्य र सञ्चारकर्मीको रोहबरमा उनले ठगी गरेको रकम फिर्ता गर्ने र आइन्दा यस्तो काम नगर्ने लिखित बाचा गरेपनि उनले ठगी धन्दा भने छाडेका थिएनन् ।

अष्ट्रेलियाको कानूनअनुसार एक वर्षभन्दा धेरै जेल सजाय दिइएका व्यक्तिलाई देश निकाला गर्ने प्रावधान छ । यसका लागि अध्यागमन निकायलाई समेत सूचित गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : २४ बजे

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण