रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी « Khabarhub

रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी फौजले राजधानी किभ नजिकैको रणनीतिक रुपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभ नजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।

मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि इरपिन, बुचा, होस्तोमेलजस्ता किभ नजिकका अन्य शहरमा भने रुसी फौजले आक्रमण गरिरहेको जनाइएको छ ।

राजधानी नियन्त्रण गर्ने रणनीतिक योजना सफल पार्न रुसी फौजले किभमा भारी गोलाबारी र सैनिक आक्रमणलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार किभको एक किनमेल केन्द्रमा रुसी फौजले गोलाबारी गर्दा ८ जनाको मृत्यु भएको थियो ।

किभमा अझै पनि रुसी फौजले गोलाबारी र हवाई आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासीले खिचेर सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर र भिडियोहरुमा किभका विभिन्न स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस