एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल « Khabarhub

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए।

स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे। जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो । तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो ।

नेपाली कांग्रेसले ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : ३० बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि