युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने « Khabarhub

युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् ।

उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ ।

नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरुलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरु बाँड्न’ समेत आह्वान गरेको बताइएको छ ।

गत वर्ष नोबेल शान्ति पुरस्कार जितेका उनले पुरस्कारस्वरुप प्राप्त नगद रुसमा स्वतन्त्र मिडियाको प्रोत्साहनका लागि र स्वास्थ्य समस्या भएका मानिसहरुका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नोभाया गजेटा अखबारका सम्पादक समेत रहेका उनलाई गत वर्ष फिलिपिन्सकी अर्की पत्रकार मारिया रेसासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २८ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस