द कश्मीर फाइल्स : अन्य भाषामा पनि रिलिज हुने « Khabarhub

द कश्मीर फाइल्स : अन्य भाषामा पनि रिलिज हुने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ को चर्चा दिन प्रतिदिन बढ्दो छ । फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको फिल्मले दोस्रो साताको सुरुवात बाटै राम्रो व्यापार गरिरहेको छ ।प्रदर्शन 

 फिल्मले दोस्रो साताको पहिलो दिन शुक्रबार १९ करोड १५ लाख, दोस्रो दिन शनिबार २४ करोड ८० लाख, तेस्रो दिन आइतबार फिल्मले २६ करोड २० लाख र चौथो दिन सोमबार १२ करोड ४० लाखको व्यापार गर्दै अहिलेसम्म १ सय ७९ करोड ८५ लाख भारुको व्यापार बक्स अफिसमा गरिसकेको छ । 

फिल्मले यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ । यो रफ्तारले फिल्मको व्यापार तीन सय करोड आसपासमा हुने अनुमान भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरुले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु , मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरुमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ । 

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षावर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठुला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् ।

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरु, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा हाउसफूलका साथ चलिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित