आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली « Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने विश्वास दिलाए ।

उनले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित भएको दाबी गरेका छन् ।

उनले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि विकास निर्माणको काम अवरुद्ध हुन पुगेको पनि बताए ।

ओलीले हुलाकी राजमार्ग, मधेशका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दाबी पनि गरे ।

एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताए ।

उनले १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि