आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली « Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने विश्वास दिलाए ।

उनले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित भएको दाबी गरेका छन् ।

उनले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि विकास निर्माणको काम अवरुद्ध हुन पुगेको पनि बताए ।

ओलीले हुलाकी राजमार्ग, मधेशका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दाबी पनि गरे ।

एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताए ।

उनले १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २५ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ