अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या « Khabarhub

अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा पाकिस्तानी मूलका एकजना विद्यार्थीको हत्या भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा उनको हत्या भएको हो । उनलाई दुई अज्ञात व्यक्तिले पटक–पटक छुरा धसेको बताइएको छ ।

उनी राइड शेयरिङ सवारी चालकको रुपमा समेत पार्ट टाइम काम गर्दै आएका थिए । मलबर्नस्थित पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिको नाम हसन अहमद रहेको जनाएको छ ।

छुरा धसेपछि उनलाई अस्पताल लगिएको र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको दुबईबाट प्रकाशित हुने खलिज टाइम्सले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको र हत्याबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

मेलबर्नको पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिका परिवारको सम्पर्कमा रहेको र आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४२ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको