हेल्लो जिन्दगीको ’अनौठो माया’ सार्वजनिक « Khabarhub

हेल्लो जिन्दगीको ’अनौठो माया’ सार्वजनिक


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘हेल्लो जिन्दगी’ गीत सार्वजनिक भएको छ। ’अनौठो माया’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु विक्रम जोशी र दीपिका प्रसाईं फिचर्ड छन् । बेलायतको रमणीय दृश्यहरुमा छायांकन गरिएको गीतमा एड्रिन प्रधान र रेजिना रिमालको स्वर रहेको छ ।

गीतमा निर्देशक एभरेष्ट सुर्य बोहोराको शब्द रहेको छ भने संगीत अमित श्रेष्ठले दिएका छन् । गीतको निर्देशन विष्णु देवाले गरेका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले गीत सार्वजनिक गरेको हो । चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए । हामीले केहि नयाँ कथा दर्शक समक्ष ल्याउने तयारी गरेका हौँ । फिल्मले निराश बनाउँदैन’ अभिनेता जोशीले भने ।

कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ’हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ’ उनले भनिन् । सृजना झैँ फिल्मका निर्देशक एभेरेष्ट सुर्य बोहोराले आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए ।

’मैंले यो कथामा फिल्म बनाउने तयारी सन् २०१२ मा गरेको थिएँ । मुहुर्त पनि गरेको थिएँ । यद्दपी विविध कारणले फिल्म बन्न सकेन’ निर्देशक बोहोराले भने । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् ।

बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ ।

फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

embed code :-

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ०२ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना