विगतका तिता कुरा बिर्सिएर अघि बढ्छौँः कमल थापा « Khabarhub

विगतका तिता कुरा बिर्सिएर अघि बढ्छौँः कमल थापा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।

मंगलबार जिल्ला अध्यक्षहरूसङ्गको भर्चुअल बैठकमा थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको भन्दै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका हुन् ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो अवस्थालाई रोक्नेतर्फ कसैले चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे ।
राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पका रूपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको आरोप लगाए ।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा प्रस्तुति दिएका थिए ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रीय पदाधिकारीको सहभागिता थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँडै गरिने राप्रपा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : १८ बजे

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग