पोखरा मेयरमा कांग्रेसलाई समाजवादी स्वीकार्य, उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस « Khabarhub

पोखरा मेयरमा कांग्रेसलाई समाजवादी स्वीकार्य, उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ ।

गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो । अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ४७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा