राखेप बोर्ड बैठक आज बिहान ११ बजे सुरु हुने | Khabarhub Khabarhub

राखेप बोर्ड बैठक आज बिहान ११ बजे सुरु हुने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज बस्ने तय भएको छ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बोर्ड बैठक बोलाएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजे सुरु हुनेछ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा राखिएको छ ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चीनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाएका हुन् ।

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौं राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २२ गते) शुक्रबारका

यू-१९ एसिया कपः पहिलो दिन दुई खेल, नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौं – आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष