एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरू | Khabarhub Khabarhub

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरू


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।

यो योजना वैशाख ५ गतेबाट सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरु ल्याएको छ  ।

डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम ९अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने छ  । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्सह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्सह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न पाउने भएका छन् ।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सकिने भएको छ । 

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्सएस्ट्रिक्सह्यास डायल गरि प्याक सुचारु गर्न सकिने जनाइएको छ । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरूप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो ।

यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ४१ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने