मनाङमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते  | Khabarhub Khabarhub

मनाङमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित ती नजना घाइते भएका छन् ।

मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए ।  प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ४६ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई