आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो « Khabarhub

आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । 

दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ ।

बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । 

सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ०४ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने