अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना « Khabarhub

अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माण सामग्रीहरुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरूले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । 

निर्माण सामग्रीको अप्रत्याशित रुपमा मूल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरूले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले अहिले बजारमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन गर्न प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराउन ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए। त्यस्तै बिमा निर्देशिकाले निर्माण व्यवसायीहरूको हित नगर्ने भएकाले पनि आफूहरूले बिमा समितिमा पनि धर्ना दिनु परेको उनले जानकारी दिए।

 

महासंघले आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रुपमा विरोधका कार्यक्रमलाई जारी राख्ने जनाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : २२ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका