किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ? « Khabarhub

किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ?


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो ।

‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि किम जोङ उनले मुन जाए इनको प्रशंसा गर्नु भएको छ ।’ केसीएनएले जनाएको छ ।

केसीएनएले दुई नेताबीचको पत्राचारले ‘गहिरो विश्वासको अभिव्यक्ती’ को रुपमा चित्रित गरेको छ ।

मुन जाए इनले दक्षिण कोरियाली राष्ट्रपतिको पदबाट विदा लिन तीन साता रहेका बेला दुई नेताबीच पत्राचार भएको खुलासा भएको हो ।

मुन जाए इनको स्थानमा उत्तरप्रति अनुदार विचार राख्ने युन सुक इयोलले चाँडै दक्षिण कोरियाको नयाँ राष्ट्रपति जिम्मेवारी सम्हाल्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

किम जोङ उनले पत्राचार गरेको मुन जाए इनको कार्यालयले पनि पुष्टि गरेको जनाइएको छ । मुनले गत बुधबार उत्तर कोरियाली सर्वोच्च नेतालाई पत्र पठाएको जनाइएको छ ।

उक्त पत्रमा राष्ट्रपति मुनले सन् २०१८ मा भएको शिखर वार्ताका आधारमा कोरियाली एकताका लागि तयार रहेको प्रतिबद्धता प्रकट गरेको जनाएका थिए ।

पत्रमा मुनले वार्ताका माध्यमबाट ‘आक्रामक युग’ को अन्य हुनुपर्ने र अन्तर कोरियाली वार्ता अर्को प्रशासनको जिम्मेवारी रहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ ।

बिहीबार किमले मुनलाई जवाफी पत्र पठाएको र उक्त पत्रमा उनीहरुबीच भएको ‘ऐतिहासिक’ सम्मेलनहरुबाट जनताले ‘भविष्यको आशा’ गरेको बताए ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किम दक्षिण कोरियामा रहेका बेला दुई नेताबीच पत्राचार भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ३३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले