छायांकनमा 'हाम्रो स्वर्ग ' | Khabarhub Khabarhub

छायांकनमा ‘हाम्रो स्वर्ग ‘


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ को छायांकन सुरु भएको छ ।

जुम्ला  जिल्लाको पटमाराबाट आजबाट छायांकन सुरु भएको निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीले भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्म  कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिने निर्देशक बस्नेतले बताए । 

फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल   बहादुर  रोकाया  ललित जङ्ग महत, लगाएत कलाकारको  मुख्य भूमिका रहेको छ । ज्ञान कुमार कटेल छायांकन, गौतमराज खड्काको सम्पादन रहने फिल्म एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण भएको हो । शान्ता शर्मा निर्मात्री रहेको फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ४० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई