महोत्तरीमा राजीनामा दिने वहालवाला जनप्रतिनिधिहरु थपिए  « Khabarhub

महोत्तरीमा राजीनामा दिने वहालवाला जनप्रतिनिधिहरु थपिए 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ ।

शुक्रवार मात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन् । १५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिए ।

उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा राजीनामा दिएको निस्सा अनिवार्य गरेको हुनाले जनप्रतिनिधिका अकाङक्षी वहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिइरहेका हुन् । 

बर्दिबासस्थित वडा न.३ मा आजै वडा सदस्यदेखि वडा अध्यक्षसम्मले राजीनामा दिएका छन् । हालका वहालवाला वडा सदस्य गणेश बस्नेतलाई पाटीले वडा अध्यक्षमा सिफारिस गरेको छ भने वडा अध्यक्ष राजन ढुङगना नगरप्रमुखका दाबेदार हुन् ।

त्यसैगरी वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले पनि आजै राजीनामा दिएका छन् । उनी  नेकपा एमालेवाट नगरप्रमुखको दाबेदार हुन् ।  त्यसैगरी वडा न.२, वडा न.१३ वाट पनि राजीनामा आएको प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान